नदीपुरमा टिप्परले स्कुटरलाई ठक्कर दिएपछी...
पाेखरा | असोज ४, २०७९
पोखरा : पोखरा महानगरपालिका ३ नदीपुर स्थित फुलबारी पार्क अगाडी सवारी दुर्घटना भएको छ ।
बेलुका करिब सवाँ सात बजे ग १ ख ८५२२ नम्बरको टिप्परले पार्किङमा रहेको ग १० प ६६८२ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
उक्त टिप्पर अनियन्त्रित हुँदा स्कुटरलाई ठक्कर दिएको घटनास्थलमा खटिएका एक प्रहरी अधिकारीले बताए ।
उनका अनुसार टिप्परको ठक्करबाट स्कुटर पूर्णरुपमा क्षति भएको छ । दुर्घटनाबारे थप अनुसन्धान गर्न टिप्पर चालकलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

